२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

राप्रपाका मेयर उम्मेदवारको गाडीमा आगजनी

राप्रपाका मेयर उम्मेदवारको गाडीमा आगजनी

काठमाडौं । मोरङको बेलबारीमा राप्रपाबाट मेयर पदका उम्मेदवार रहेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ । गौतमले घरमै पार्किङ गरेर राखेको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको प्रहरी उपरीक्षक शान्तिराज कोइरालले जानकारी दिए ।

प्रहरीका अनुसार बेलबारी नगरपालिका वडा नम्बर २ का उनी होटल व्यवसायी पनि हुन् । गए राति २ बजेतिर घटनाको जानकारी आएको थियो ।

तत्काल घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले घटनामा संलग्न भएको आरोपमा एक युवालाई पक्राउ गरेको छ ।

मोरङ सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १२ का २८ वर्षीय सुवास पाण्डे पक्राउ परेका हुन् । पेट्रोल छर्किएर कारको अगाडि र पछाडी लाइटर बालेर आगो लगाएको सिसी क्यामेरा फुटेजमा देखिएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com