२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

विदेशी मुद्रा सङ्कट बढ्दै गएपछि श्रीलङ्कामा डिजेल अभाव

विदेशी मुद्रा सङ्कट बढ्दै गएपछि श्रीलङ्कामा डिजेल अभाव

 

एजेन्सी । दक्षिण एसियाली मुलुक श्रीलङ्कामा विदेशी मुद्रा सङ्कट बढ्दै गएकाले डिजेलको अभाव भएको ऊर्जामन्त्री कञ्चना विजेसेकेराले बताएका छन् ।

देशलाई दैनिक ४ हजार मेट्रिक टन डिजेल आवश्यक पर्ने पनि मन्त्रीले संसद्मा जानकारी दिए । तर सरकारी स्वामित्वको सिलोन पेट्रोलियम कर्पोरेशनले अहिले दैनिक १ हजारदेखि १ हजार ५ सय मेट्रिक टन मात्रै निकासी गरिरहेको छ ।

अहिले मुलुकमा पेट्रोलको अभाव नभएको भन्दै दैनिक तीन हजार मेट्रिक टन पेट्रोल निस्कने गरेको र बुधबार राति ४० हजार मेट्रिक टन पेट्रोल बोकेको जहाज श्रीलङ्का आइपुगेको उनले बताए ।

श्रीलङ्काले फेब्रुअरीदेखि डिजेल अभावको सामना गरिरहेको छ जसले गर्दा दैनिक घण्टौँसम्म बिजुली कटौती हुने गरेको छ । अर्थमन्त्री अली साब्रीले बुधबार श्रीलङ्कासँग प्रयोगयोग्य विदेशी सञ्चितिमा ५ करोड अमेरिकी डलरभन्दा कम रहेको बताउनु भएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com