२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

उन्मुक्ति पार्टीमा प्रवेशपछि एलिजा गौतमले भनिन्- ‘अब मेरो मिसन पूरा हुन्छ’

काठमाडौँ । कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्नु भएको छ । शनिबार बुटवलमा एक कार्यक्रमका बीच नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले उहाँलाई पार्टी प्रवेश गराउनु भएको हो ।

उहाँले उद्देश्य एकदमै राम्रो लागेकाले आफू सो पार्टीमा प्रवेश गरेको बताउनु भयो । सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा गौतमले आफूले सानैदेखि समाजसेवा गर्दै आएको र त्यसलाई सहज ढंगले अघि बढाउन पनि सो पार्टीमा आफू आवद्ध हुन पुगेको पनि स्पष्ट पार्नु भयो ।

‘यो पार्टीको उद्देश्य एकदमै राम्रो छ । उहाँहरुले गरिरहेको गतिविधिबाट म अत्यन्तै प्रभावित भएँ,’ उहाँले भन्नु भयो, ‘मेरो पनि उद्देश्य बच्चादेखि लिएर वृद्धसम्मलाई लिएर उनीहरुको शिक्षा, स्वास्थ्यलाई लिएर म ध्यानाकर्षणमा राखिराखेको हुन्थे । यो पार्टीमा आएपछि मेरो मिसनलाई पूरा गर्न पनि अब सहज हुने भयो ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com