२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

गठबन्धनका उम्मेदवारलाई मत माग्न प्रचण्ड जाँदै पोखरा

गठबन्धनका उम्मेदवारलाई मत माग्न प्रचण्ड जाँदै पोखरा

जनसेवा न्युुज डटकम संवाददाता

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कास्कीको पोखरा जाँदै छन् । त्यहाँ उनले पाँच दलीय गठबन्धनले गर्ने संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बिहान १० बजे प्रचण्ड पोखरा जाने बताए ।

यसअघि हिजो प्रचण्डले मधेस प्रदेशको राजधानी रहेको जनकपुर उपमहानगरपालिका र सांस्कृतिक नगरी मिथिला नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । त्यहाँ उनले मधेसी जनताले डेढ दशकदेखि उठाउँदै आएकोे नागरिकतासम्बन्धी समस्या समाधानका लागि पहल गर्ने पनि बताएका थिए ।

संविधान संशोधन गरेर मधेसी जनताका जायज मागहरूलाई सम्बोधन गर्ने तर स्थानीय तह निर्वाचनमा मत भने पाँच दलीय गठबन्धनका उम्मेदवारलाई दिएर विजयी गराउन प्रचण्डले आह्वान गरेका थिए ।

प्रचण्ड गठबन्धन दलका उम्मेदवारहरूलाई विजयी गराउन भन्दै देशका ठाउँठाउँमा गठबन्धन दलहरूले आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न पुग्ने गरेका छन् ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com