२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

म विकासको पक्षमा छु : रेनु दाहाल

म विकासको पक्षमा छु : रेनु दाहाल

जनसेवा न्युज डटकम संवाददाता

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट मेयर पदकी उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले आफू विकासको पक्षपाती भएको बताएकी छन् । उनले अघिल्लो कार्यकालमा शुरु गरिएका कामलाई पूर्णता दिँदै गर्दा महानगरका धेरै काम पाइपलाइनमा रहेको समेत बताइन् ।

शनिबार भरतपुरमा आयोजित कार्यक्रम उनले भनिन्, ‘पाइपलाइनमा रहेका काम पुरा गर्न मेरो दोस्रो कार्यकालको लागि उम्मेदवारी हो ।’ उनले सरसर्ती आफू र आफ्नो पालामा पूर्वाधार, शिक्षा, स्वास्थ्य, सुशासन, रोजगारी र आयआर्जनका क्षेत्रमा गरिएका विकासबाट उत्साहित भएको बताउँदै अधुरा र अपूरा काम, तिनको लक्ष्य र कार्यभारको बारे जानकारी दिइन् ।

उनले केही अपवादलाई छोडेर समग्र चितवनका राजनीतिक पार्टीबाट आफू र आफ्नो टिमले साथ पाएको स्मरण गरिन् । तर पछिल्ला दिनमा भने त्यस्तो साथ सहयोग टुट्दै आएको बताउँदै उनले भनिन् “विकासको काम कसैको पक्ष र विपक्षमा हुँदैन भन्ने मेरो भावना हो । साथ पनि त्यसै गरि पाएँ, त्यसैले जुन लक्ष्य थियो धेरै पुरा भएका छन् । केही बाँकी छन् ती काम पुरा गर्ने मेरो दायित्व हो ।”

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com