२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

मतदानका लागि परिचयपत्रको वैकल्पिक व्यवस्थाबारे अन्योल

मतदानका लागि परिचयपत्रको वैकल्पिक व्यवस्थाबारे अन्योल

 

स्थानीय तह निर्वाचन २०७९ मा मतदाता परिचयपत्र नहुने मतदाताले मतदान गर्न पाउने नपाउने विषयमा अन्योल कायम छ । निर्वाचन आयो गले मतदाता परिचयपत्र नभएका मतदाताको हकमा मतदानको पूर्वसन्ध्यामा मात्रै मतदानको वैकल्पिक व्यवस्थाबारे निर्णय गर्दै आएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदाता परिचयपत्र नहुने मतदाताका हकमा आयोगले हालसम्म कुनै निर्णय नगरेको प्रस्ट्याए ।

आयोगले जारी गरेको मतदाता परिचयपत्रका आधारमा मात्रै मतदान गर्न पाउने निर्वाचन ऐनले व्यवस्था गरेको छ । यद्यपि, राजनीतिक सहमति वा आयोग पदाधिकारीको निर्णयले वैकल्पिक व्यवस्था समेत गरिँदै आएको छ ।

यसरी वैकल्पिक व्यवस्थाअन्तर्गत आयोगले नागरिकता वा परिचय खुल्ने सरकारी कागजातका आधारमा समेत मतदान गर्न पाउने विगतमा निर्णय गर्दै आएको थियो । तर, त्यसका लागि आयोगले जारी गरेको मतदाताको अन्तिम नामावलीमा नाम समावेश भएको हुनुपर्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com