२०८१ बैशाख २९ - Sat May, 2024 -

Janasewa News

नेपालमा थप १७ जनामा कोरोना पुष्टि, २१ जना निको भए

नेपालमा थप १७ जनामा कोरोना पुष्टि, २१ जना निको भए

काठमाडौं । नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार १० जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १७ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९०५ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १७ जना र १ हजार १०५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कुनैमा पनि कोरोना संक्रमण पुष्टि भएको छैन । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार १४३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर २१ संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार ७८९ पुगेको छ । पछिल्लो २४ घण्टामा पनि कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५१ ले ज्यान गुमाइसकेका छन् । हाल नेपालमा २ सय १ जना सक्रिय संक्रमितहरु आइसोलेशनमा रहेका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com