२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

कलाकार संघले बेल्जियममा नेपाली कला संस्कृति चिनाउने काम गरेको छ : राजदूत राजभण्डारी

कलाकार संघले बेल्जियममा नेपाली कला संस्कृति चिनाउने काम गरेको छ : राजदूत राजभण्डारी

 

ब्रसेल्स (बेल्जियम) । बेल्जियमको सक्रिय संस्था यूरो नेपाल कलाकार संघ (ऐना) ले लुभेनबाट नेपाली पञ्चेबाजा तथा नौमती बाजाको आरम्भ गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै बेनेलक्स र यूरोपियन युनियनका लागि नेपाली राजदूत गेहेन्द्रराज राजभण्डारीले नेपालको कला–संस्कृतिको संरक्षणका लागि विदेशी भूमिमा पनि ‘ऐना’ले खेलेको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै देश चिनाउने यस्ता कर्मलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

नौमती बाजा तथा पञ्चेबाजाद्वारा प्रवासमा नेपालको मौलिकता प्रवद्र्धन गरेकोमा आफू अत्यन्त खुसी भएको भन्दै उनले यो बाजा प्रवद्र्धनका लागि दूतावासले आवश्यक सहयोग उपलब्ध गराउन पछि नहट्ने बताए । त्यस्तै कार्यक्रम उपस्थित गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्गबहादुर केसी, नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष यमु निरौलालगायतले नेपालीत्व चिनाउन गरिएको यस्ता कार्यको प्रसंसा गरे ।

नेपालमा समेत लोप हुँदै गएको पञ्चेबाजा (नौमती) को संरक्षण, उत्थान तथा प्रचारप्रसार गर्नका लागि आफूहरूले निकै प्रयत्न गर्नुपरेको उल्लेख गर्दै ऐनका अध्यक्ष एवं कार्यक्रमका सभापति बलराम पुनले आगामी दिनमा यो बाजा विवाह, ब्रतबन्ध, जन्मोत्सव लगायतका शुभ कार्यमा व्यवसायिक रूपले बजाउन सकिने जानकारी दिए ।

अध्यक्ष पुनले नेपाल कला–संस्कृतिको धनी देश भएकोले नेपालमा रहेका कला संस्कृति विदेशमा, खासगरी यूरोपमा आफूहरूले संरक्षण र सम्वद्र्धनका लागि जमर्को गरेको बताउँदै यसमा सबैले सहयोग गर्न आग्रह गरे । नेपालबाट बेल्जियममा आएर बसोबास गर्ने कलाकारहरूको साझा संस्था एना बेल्जियममा नेपाली कला, गीत संगीत र नृत्यको संरक्षण तथा सम्वर्द्धनको कार्य गर्दै आएको छ । यो संस्था सन् २००९ देखि बेल्जियममा सशक्त रूपमा क्रियाशील हुदै आएको छ ।

सो अवसरमा बेलायतमा पञ्चेबाजा प्रवर्द्धन कार्यमा लागिपरेका ओम थापा काउछा र पदम गुरुङलाई मायाको चिनोसहित राजदूत राजभण्डारीले सम्मत गरेका थिए । उक्त विशेष कार्यक्रममा स्वागत मन्तव्य दिदै ऐनाका वरिष्ठ उपाध्यक्ष गडुलध्वज गुरुङ– जिमीले पञ्चेबाजा जनसमक्ष ल्याउन आफूहरूले चार वर्ष अवधि खर्चिनु परेको अनुभव सुनाउँदै साथीहरूको निरन्तर प्रयासले यसलाई प्रवासमा स्थापित गर्न सकेकोमा अगामी दिनमा आफूहरूले मनोरञ्जन तथा व्यवसायिक रुपमा समुदायसमक्ष प्रस्तुत गर्नसक्ने तयारी भएको बताए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com