२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

देउवा-प्रचण्डको धनगढीमा बास, आज रंगशालामा चुनावी सभा

देउवा-प्रचण्डको धनगढीमा बास, आज रंगशालामा चुनावी सभा

जनसेवा न्युज डटकम संवाददाता

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा धनगढीमा छन्।

देउवा आइतबार नै धनगढी पुगेका हुन्। उनी धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित आफ्नै घरमा बसेका छन्।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि धनगढीमै छन्। प्रचण्ड धनगढीको रुबस होटेलमा बसेका छन्।

आज सत्तागठबन्धनले धनगढीको रङ्गशालामा चुनावी सभा गर्दैछ।

चुनावी सभापछि प्रधानमन्त्री देउवा डडेलधुरा जाने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए।

माओवादी केन्द्रका अध्यक्ष दाहाल सोमबार नै कैलालीको हसुलिया, डोटी, र कञ्चनपुरको बेलौरीलगायत क्षेत्रमा हुने चुनावीसभालाई सम्बोधन गर्ने माओवादीका नेता रमेश भट्टराईले बताए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com