गायिका आस्था गिलले तताईन् दरबारमार्ग
गायिका आस्था गिलले तताईन् दरबारमार्ग
काठमाडौंँ । बलिउड गायिका आस्था गिलले शनिबार साँझ दरबारमार्गस्थित क्लब प्लाटिनममा दर्शक नचाएकी छिन् । शनिबार आयोजित ‘आस्था गिल लाइभ’ नामक कन्सर्ट सोमा उनले थुप्रै चर्चित गीत प्रस्तुत गर्दै दर्शकलाई सन्तुष्ट बनाएकी थिइन् ।
शनिबार मध्यान्न ६ बजे त्रिभुवन विमानस्थल अवतरण भएकी गायिका गिल कन्सर्टमा भने मध्य राति १२ बजे मात्र प्रस्तुत भएकी थिइन् । क्रप टप र रातो रंङको पाइटमा ‘ पानी पानी हो गई’ गीत गाउँदै प्रस्तुत भएकी गिलले करिब तीन ३ घन्टा स्टेजमा आफ्ना ननस्टप गीतसंगीतबाट दर्शक नचाइन् ।
‘पानी पानी’, ‘चुम्बा चुम्बा’, ‘डिजेवाले बाबु’, ‘अभी तो पार्टी सुरु हुई है’, ‘नागिन दिन गिन गिन’ लगायत एक दर्जन बढी हिट गीत उनले कार्यक्रममा प्रस्तुत गरेकी थिइन् । उनका हरेक गीतमा दर्शक झुम्दै र उफ्रिदै नाचेका थिए ।
‘म पानी पानी’, ‘चुम्बा चुम्बा’, ‘डिजेवाले बाबु’ उनको गीतमा त दर्शकले वान्स मोरका हुटिङ समेत वर्साएका थिए । गिलले कार्यक्रममा नेपाली गीत ‘आगे आगे तोपैको गोला’ कोे केही लाइनसमेत गाएर सुनाएकी थिइन् । अर्को पटक नेपाल आउँदा यो गीत पुरै गाउने वाचासमेत गरेकी गिलले नेपाल र नेपाली आफूलाई मनपर्ने बताइन् ।
फिल्म ‘फग्ली’को पार्टी सङ ‘ढुप चिक’ बाट बलिउडको पाश्र्व गायनमा पाइला चालेकी आस्थाका ‘अभि तो पार्टी सुरु हुई है’, ‘डिजे वाला बाबु’, ‘बज’, ‘नागिन’, ‘ह्याप्पी ह्याप्पी’, ‘कमरिया’ लगायत थुप्रै गीत हिट छन् । उनी स्टन्ट बेस्ड रियालिटी शो ‘फियर फ्याक्टरः खतरों कि खेलाडी ११’ को प्रतिस्पर्धी पनि हुन् ।