२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

प्रभास र दीपिकाको फिल्ममा दिशा पटानी

प्रभास र दीपिकाको फिल्ममा दिशा पटानी

मुम्बई । प्रभास र दीपिका पादुकोनको नयाँ फिल्ममा दिशा पटानी पनि अनुबन्ध भएकी छिन् । नाग अश्विनको निर्देशन रहने ‘प्रोजेक्ट के’मा प्रभास र दीपिकासँगै निर्माण टिमले दिशा पटानीलाई पनि फाइनल गरेको हो ।

भारतमा अहिलेसम्मकै महंगो बजेटमा बन्न लागेको सिनेमामा अमिताभ बच्चन पनि रहेनेछन् । आइतबार दिशाले निर्माताले दिएको बुके र कार्ड इन्स्टामा राख्दै आफू फिल्ममा आबद्ध भएको जानकारी गराएकी थिइन् । टाइगर श्राफसँग अफेयरमा रहेको भनिएकी दिशाको यो साल ‘एक भिलेन रिटन्र्स’ र ‘योद्धा’ जस्ता फिल्म रिलिज हुँदैछन् ।

साइफाई विधाको यो फिल्म बन्नलाई लामो समय लाग्ने बताइएको छ । निर्देशकले प्रत्येक महिना जम्मा ८–१० दिन सुटिङ गर्दै रोक्दै अनि फेरि सुटिङ गर्दै यो फिल्मको काम अगाडि बढाइरहेका छन् । हरेक चोटि फरक सेटमा काम गर्नु पर्ने भएकाले ढिला भएको बलिउडका अनलाइनमा समाचार छ ।

प्रभासको भर्खरै रिलिज भएको ‘राधेश्याम’ बक्स अफिसमा असफल भएको थियो भने दीपिकाको अमेजन प्राइममा रिलिज भएको ‘गहराइयाँ’ पनि ठीकठाक मात्र भएको थियो ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com