२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

आज रन्जु दर्शनाले किशोर कुईंकेल किसु सँग इन्गेज्मेन्ट गरिन्

काठमाडौं । विवेकशील साझा पार्टी छाडेकी रन्जु दर्शनाले इन्गेज्मेन्ट गरेकी छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू किशोर कुईंकेल (किसु) सँग इन्गेज्मेन्ट गरेको जानकारी दिएकी हुन् ।

उनले लेखेकी छन्, ‘आज देखि जीवनको अर्को एउटा सुन्दर यात्राको शुभारम्भ भएको छ। दियो कलश र गणेश भगवान एवम् परिवारका सदस्यहरु, निकट साथीहरु र सारा ब्राह्मणड साक्षी राखि फुलमाला, टिका कार्यक्रम सम्पन्न गरेका छौं। तपाईहरुको आशीर्वाद र शुभकामनाको लागि हृदय देखि कृतज्ञ ज्ञापन गर्न चाहन्छु। मायाको यात्रामा एक सशक्त जीवन साथी बनी हरदम साथ दिने मेरो हरेकदिन प्रयास रहने छ किसु। तिम्रो जीवनमा, परिवार मलाई खुल्ला हृदयले स्वागत गरेकोमा धेरै धन्यवाद किसु ।’

२०७४ सालको स्थानीय चुनावमा काठमाडौं महानगरमा मेयरकी उम्मेदवारसमेत बनेकी रन्जु नेपाली राजनीतिमा उदीयमान नेत्री हुन् । स्नातक तहमा उध्ययनरत उनले २०७० बाट राजनीति सुरु गरेकी थिइन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com