माओवादी केन्द्र बागमती प्रदेशको निर्वाचन सम्पन्न विजयी पदाधिकारीहरुको लिष्ट सार्वजनिक

काठमाडौं । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको सोमबार निर्वाचन सम्पन्न भएको थियो भने मतगरणा राति अबेर सार्वजनिक गरिएिको थियो । सो निर्वाचन मार्फत अध्यक्षमा सरल सहयात्री पौडेल विजयी भएका छन् भने अन्य निर्वाचित पधाधिकारीहरुको विवरण समेत सार्वजनिक गरेका छन् ।

निर्वाचन समितिका अनुसार कुल खसेको २ सय ६१ भोटमध्ये उनले १६२ मत ल्याएका थिए भने गौतमले ८६ मत पाएका थिए ।
त्यस्तै उपाध्यक्षमा रूपा मर्हजन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी निर्वाचित भएका छन् । सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ निर्वाचित भएका छन् । उनले १४९ मत ल्याए ।
सहसचिवमा भने दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित भएकी छिन् ।
प्रदेश समिति सदस्यले पदाधिकारी चुन्न मतदान गरेका थिए । नौ पदका लागि २७ जनाको उम्मेदवारी परेको निर्वाचन समिति सदस्य डिबी तामाङले जानकारी दिए ।