२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

संघीय शिक्षा ऐन संसदमा पेश गर्न मन्त्रिपरिषदको स्वीकृति

सरकारले संघीय शिक्षा ऐन संसदमा पेश गर्ने भएको छ।

मंगलबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले संघीय शिक्षा ऐन संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

बैठकले लम्पी स्किनको विषयमा पनि गम्भीरतापूर्वक छलफल भएको उनले बताइन्। राहत क्षतिपूर्तिको व्यवस्था गर्न कृषि मन्त्रालयले प्रस्ताव बनाउने निर्णय भएको उनले जानकारी दिएकी छन्।

अर्थ मन्त्रालयको प्रस्तावमा विश्व वातावरण सुविधाबाट प्राप्त हुने २० करोड २२ लाख अनुदान स्वीकृत गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ।

विज्ञापन नियमन गर्ने नियमावली, २०८०को संशोधन गर्न स्वीकृति दिएको मन्त्री शर्माले बताइन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com