२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

रुकुममा कांग्रेस कार्यकर्तामाथि माओवादीको आक्रमण

रुकुममा कांग्रेस कार्यकर्तामाथि माओवादीको आक्रमण, एक जीपसहित तीन मोटरसाईकलमा आगजनी र तोडफोड

काठमाडौं । मित्रवत प्रतिस्पर्धा गर्ने लिखित सहमतिमा गरिएको हस्ताक्षरको मसी सुक्न नपाउँदै रुकुमको आठबीसकोट नगरपालिकामा कांग्रेस र माओवादीबीच फेरि झडप भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम स्रोतका अनुसार आठबीसकोट नगरपालिका १० को घारीखोलामा माओवादी कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि आक्रमण गरेका थिए । कांग्रेसको घरदैलोका क्रममा माओवादी कार्यकर्ताले आक्रमण गरेका हुन् । आक्रमणपछि कांग्रेस कार्यकर्ताहरु प्रयोग गरेको मोटरसाईकल छोडेर भागेका थिए । यसरी छाडिएको मोटरसाइकलमा माओवादी कार्यकर्ताले आगजनि गरेका छन् ।

कांग्रेस कार्यकर्ताले छाडेको भे८प ३६२० नम्बरको माटरसाईकलमा माओवादी कार्यकर्ताले आगो लगाइदिएका छन् । भे७प ३०६५ नम्बरको मोटरसाईकल रोडबाट खेतमा खसालिएको छ । यस्तै रा ४ प १८७० नम्बरको मोटरसाइकल र लु१ ज २६६१ नम्बरको जिपमा पनि तोडफोड गरिएको जिप्रका स्रोतले नेपालप्रेसलाई बतायो ।

यसअघि नेकपा माओवादी कार्यकर्ताले गरेको सांघातिक आक्रमणका कारण रुकुम पश्चिममा मात्रै दुई दर्जनभन्दा बढी कांग्रेस कार्यकर्ता घाईते भएका छन् ।

नेपाली कांग्रेसका एक नेताले भने, ‘घटनामा प्रहरीले कसैलाई पनि पक्राउ नगर्दा उनीहरुको हौसला बढदै गएको छ ।’
हालसम्म प्रहरीले एक जनालाई पनि नियन्त्रणमा लिई कारवाही नगरेको कांग्रेस कार्यकर्ताको आरोप छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com