२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

काँग्रेस कैलालीको निर्वाचन : आज मत गणना हुँदै

जनसेवा न्युज संवाददाता

नेपाली काँग्रेस कैलालीको मतगणना आज ११ बजेदेखि सुरु हुने भएको छ । निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीका अनुसार आज बिहान ११ बजेदेखि काँग्रेसको जिल्ला पार्टी कार्यालयमा मत गणना सुरु हुने छ । नयाँ नेतृत्वका लागि आइतबार चुनाव भएको थियो ।

निर्वाचनमा २ हजार ४८५ मत खसेको थियो । काँग्रेस कैलालीको निर्वाचनका लागि २ हजार ५७५ प्रतिनीधि चयन भएका थिए । सभापतिका लागि देउवा समूहकै नारायण दत्त भट्ट र प्रकाशबहादुर बम प्रतिस्पर्धामा छन् ।

कोइराला समूहका रामबहादुर कलेल पनि चुनावी मैदानमा छन् । भट्टको प्यानलबाट उपसभापतिमा भीम बडुवाल र रामप्रसाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीको उम्मेदवार छन् ।

बम प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार, थर्क शाह, सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काको उम्मेदवारी छ ।

कोइराला पक्षका कलेल प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय, सचिवमा देवानन्द जैशी र नवराज जोशी, सहसचिवमा रविन्द्रप्रताप सिंह र तीर्थराज जोशीको उम्मेदवारी छ । गत मंसिरमा निर्वाचन क्षेत्र नम्बर ४ को महाधिवेशन प्रतिनिधिको मत गणना विवादका कारण ढिलो भएपछि कैलाली जिल्ला अधिवेशन हुन सकेको थिएन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com