२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

आज समाजवादी मोर्चाको घोषणा हुँदै


काठमाडौँ- आज समाजवादी मोर्चाको घोषणा हुँदैछ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सो मोर्चाको घोषणा हुन लागेको हो ।

आज राष्ट्रिय सभा गृहमा दिउँसो ३ बजे आयोजना हुने कार्यक्रममार्फत औपचारिक घोषणा हुनेछ ।

सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरूबीच आइतबार बालुवाटारमा भएको छलफलले मोर्चाको घोषणा गर्ने सहमति भएको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिएका थिए ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा माओवादी, जसपा नेपाल,  नेकपा एस र नेकपा समाजवादी मोर्चा, नेपालको ऐतिहासिक घोषणा सभामा उपस्थित हुन आवद्ध पार्टीहरुले अनुरोधसमेत गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com