२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

रामचन्द्र पौडेलले १६ करोड घूस मागेको केशव स्थापितको आरोप

रामचन्द्र पौडेलले १६ करोड घूस मागेको केशव स्थापितको आरोप

काठमाडौं, २७ वैशाख । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार केशव स्थापितले नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय विकासमन्त्री हुँदा १६ करोड घूस मागेको आरोप लगाएका छन् । आज एमालेको चुनवाी सभामा बोल्दै स्थापितले पौडेलले फोहोर व्यवस्थापन गरी मल कारखाना खोल्न खोज्दा १६ करोड मागेको आरोप लगाएका हुन् ।

‘फोहोर व्यवथापन गरी मल कारखाना खोल्न खोज्दा मेयरको पनि भुँडी छ, मेरो पनि भुँडी छ भनेर १६ करोड माग्ने रामचन्द्र पौडेल हुन्,’ स्थापतिले भने,‘पैसा मागेको थाहापाएर गिरिजाप्रसाद कोइरालाले मन्त्रीबाट केही दिनमै हटाएको होइन ।’ उनले पौडेललाई फोहोरको राजनीति गरेको आरोप लगाए ।

काँग्रेस नेता पौडेलले आफू मन्त्री हुँदा तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर पीएल सिंहसँग फोहोरको व्यवस्थापन गरी मलको कारखाना खोल्न खोजेको बताएका थिए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com