२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

एक महिनामा १९ अर्ब बैंकबाट बाहिरियो

एक महिनामा १९ अर्ब बैंकबाट बाहिरियो

काठमाडौं । एक महिनामा १९ अर्ब रुपैयाँ बैंकबाट बाहिरिएकोमा ६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा भित्रिएको छ । बैंकिङ प्रणालीबाट बाहिरिएको १३ अर्ब रुपैयाँ अझै बैंकिङ प्रणालीमा भित्रिएको छैन । चुनावको तयारी थालिएसँगै १ महिनाअघि ५६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा ह्वात्तै भित्रिएको थियो । चुनावका लागि बैंकिङ प्रणालीबाट बाहिरिएको १९ अर्बमध्ये १३ अर्ब चुनावलगत्तै फेरि बैंकमा नै फर्किने अपेक्षा गरिएको छ ।

निर्वाचन नजिकिँदै थालेसँगै बैंकिङ प्रणालीबाट बाहिरिएको निक्षेप विस्तारै अहिले बढ्न थालेको छ । विगतमा निक्षेप संकलनमा समस्या हुँदै आएकोमा गत साता भने बैंकिङ प्रणालीको निक्षेपमा राम्रो सुधार भएको छ । नेपाल बंैकर्स एसोसिएसनका अनुसार निक्षेपमा सुधार र कर्जा लगानीमा संकुचन हुँदा बैंकको सीडी रेसियोमा पनि सुधार भएको छ ।

बैंकर्स एसोसिएसनका अनुसार पछिल्लो एक सातामा निक्षेप ५ अर्बले वृद्धि भएको छ भने कर्जा लगानी ४ अर्ब रुपैयाँले घटेको छ । वैशाख १६ गते ४३ खर्ब ६८ अर्ब रहेको वाणिज्य बैंकहरूको निक्षेप वैशाख २३ गते ४३ खर्ब ७३ अर्ब पुगेको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com