२०८३ जेष्ठ १८ - Mon Jun, 2026 -

Janasewa News

कलङ्कीमा टिप्परसँग मोटरसाइकल ठोक्कियो, मोटरसाइकल चालकको मृत्यु

कलङ्कीमा टिप्परसँग मोटरसाइकल ठोक्कियो, मोटरसाइकल चालकको मृत्यु

जनसेवा न्युज डटकम संवाददाता

काठमाडौँको कलङ्कीमा टिप्परसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति ३ बजेतिर थानकोटबाट स्वयम्भू तर्फ जाँदै गरेको बा.५ख ७३४५ नम्बरको टिप्परसँग सोही दिशामा जाँदै गरेको बा.८० प ६३७३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा परेर मोटरसाइकल चालक धादिङको धुनिवेशी नगरपालिका–२ घर भएका दिवाकर अधिकारीको मृत्यु भएको छ । टिप्पर चालक धादिङको थाक्रे–१० घर भएका लिलाबहादुर तामाङलाई पक्राउ गरिएको प्रहरी वृत्त कालिमाटीले जनाएको छ । बायाँ दिशाबाट ओभरटेक गर्न खोज्दा
मोटरसाइकललाई टिप्परको पछाडिको चक्काले ठक्कर दिएको थियो ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com