२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

नेपालमा थप २१ जनामा कोरोना पुष्टि, १६ जना निको भए

नेपालमा थप २१ जनामा कोरोना पुष्टि, १६ जना निको भए

 

काठमाडौं । नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ७८८ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप २१ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७० जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १८ जना र ७ सय १८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार १८५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर १६ संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार ८३९ पुगेको छ । पछिल्लो २४ घण्टामा पनि कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा १ सय ८७ जना संक्रमितहरु आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com