एकीकृत समाजवादीले मनायो होली

नेकपा (एकीकृत समाजवादी) का नेता कार्यकर्ताहरूले होली पर्व मनाएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा उनीहरुले होली मनाएका हुन् ।

कार्यक्रममा उपस्थित नेता कार्यकर्ताहरूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले (अविर–रङ) टिका लगाइदिएका थिए । कार्यक्रममा अध्यक्ष नेपाल, पार्टी प्रवक्ता जगनाथ खतिवडा लगायतका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।



