२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

जेठ १ देखि निजी र सार्वजनिक विद्यालयलाई सातामा दुई दिन बिदा

जेठ १ देखि निजी र सार्वजनिक विद्यालयलाई सातामा दुई दिन बिदा

 

काठमाडौं । जेठ १ देखि निजी र सार्वजनिक विद्यालयलाई सातामा दुई दिन बिदा दिइने भएको छ ।

बुधबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठकले जेठ १ देखि निजी र सार्वजनिक विद्यालयलाई साताको शनिबार र आइतबार गरि दुई दिने बिदा दिने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार यसअघि दिइदै आइएको शुक्रबारको आधा छुट्टीको व्यवस्था भने हटाइएको छ । तर, शनिबार र आइतबार भने निजी र सार्वजनिक विद्यालय पूर्ण रुपमा बन्द हुने उनले बताए ।

मन्त्रालयको बैठकले हिउँदे, वर्षे, स्थानीय वा पर्व बिदाहरुलाई कटौती गरेको छ । अब वर्षमा ३० दिन मात्रै बिदा दिहुने निर्णय गरेको छ ।

यसअघि सरकारी विद्यालयहरुमा हिउँदे र वर्षे विदा गरि ४५ दिन दिइने गरिएको थियो । यस्तै, स्थानीय पर्वका लागि ५ गरि सरकारले वर्षमा ५० दिन बिदा दिदै आएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com