२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

मतदान केन्द्रमा क्यामरा, प्रज्वलनशील वस्तु, हातहतियार, नमूना मतपत्र र राजनीतिक दलका चिन्ह लान नपाउने

 

मतदान केन्द्रमा क्यामरा, प्रज्वलनशील वस्तु, हातहतियार, नमूना मतपत्र र राजनीतिक दलका चिन्ह लान नपाउने

मादक पदार्थ सेवन गरेका मतदातालाई प्रवेश निषेध

काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनको मतदान केन्द्रमा मतदाता वा अन्य व्यक्तिले क्यामरा, मोबाइल क्यामरा, प्रज्वलनशील वस्तु, हातहतियार, नमूना मतपत्र, राजनीतिक दलका उम्मेदवारको चिन्ह लैजान नपाउने भएका छन् ।

मतदान केन्द्रमा निर्वाचन विरोधी गतिविधि कसैले सञ्चालन गरेमा कारबाही गरिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए । मतदान कार्यलाई स्वच्छ, सहज र व्यवस्थित ढंगले सञ्चालन गर्न मतदाता, राजनीतिक दल, नागरिक समाज, पत्रकार र निर्वाचनका सरोकारवाला निकायलाई आयोगले आग्रह गरेको छ ।

मतदाताले मादक पदार्थ सेवन गरेमा प्रवेश गर्न दिन नहुने पौडेलको भनाइ छ । उनले भने, महिला मतदाताको साथमा बढीमा ५ वर्षको बच्चा भएमा र दृष्टिविहिन वा शारीरिक रुपले अशक्त मतदाताको सहयोगका लागि साथमा आएका एकाघरको व्यक्तिलाई मात्र प्रवेश दिने व्यवस्था गरिने छ।

आयोगका अनुसार मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिले प्रवेश पाउनेछन् । आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति प्राप्त व्यक्तिले मात्र प्रवेश पाउनेछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com