२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

पल बिरुद्ध उजुरी दिने नाबालिग गायिकाको समाजले चरित्र हत्या गर्नु गलत भयो : प्रियंका कार्की

जनसेवा न्युज संवाददाता

पल शाह प्रकरणमा मौन रहँदै आएका अभिनेत्रीहरु बिस्तारै खुल्न थालेका छन् । यस्तैमा अभिनेत्री प्रियंका कार्कीले पल बिरुद्ध उजुरी दिने नाबालिग गायिकाको समाजले चरित्र हत्या गर्नु गलत भएको बताएकी छन् । उनले पीडितको चरित्रमा प्रश्न उठाउनु समेत गलत भएको धारणा राखेकी छन् ।

प्रियंकाले सामाजिक सञ्जालमा एक स्टाटस पोस्ट गर्दै पीडितको विपक्षमा आवाज उठाउने दिदी बहिनीको समेत आफुले सम्मान गर्ने बताइन् । ‘दुखको कुरा, हामी यस्तो समाजमा बाँचेका छौँ, जहाँ पीडितले म पीडित हुँ’ भन्न मात्र पनि ठूलै हिम्मत बोकेर आउनुपर्छ’ कार्कीले भनिन् ‘यस्तोमा, अगाडि बढेर आवाज उठाउने हरेक पीडित महिला दिदी–बहिनीहरुको म भित्री आत्मादेखि नै कदर गर्दछु ।’

नेपालमा रहेको नाबालिगको हकको कानुन उमेरको हदबन्दी (१८ वर्ष) नेपालमा मात्र नभएर विश्वका धेरै देशमा भएको जानकारी दिँदै उनले विश्वका सबै देशमा, आफ्नो परिवेश अनुसार,उमेर नपुगेकाहरुले ‘निर्णय लिन सक्ने क्षमता’लाई ध्यानमा राखेर यस्तो कानुन बनाएको बताएकी छन् ।

‘नाबालिगहरु निर्णय लिन सक्ने क्षमता राख्दैनन् र तिनको संरक्षण सभ्य समाजको उत्तरदायित्व पनि हो भन्ने मेरो पनि मान्यता हो’ उनले अगाडि थपिन् ‘यस्तो अवस्थामा, नाबालिगले ‘म पीडित हुँ’ भन्दा, उनको चरित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै सक्दैन ।’ दोषी र निर्दोष छुट्टाउने कर्तब्य कानुनको भएकोले कानुनलाई निष्पक्ष काम गर्न दिनु हामी सबैको कर्तब्य भएको समेत उनको धारणा रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com