२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

देउडा नेपालभर प्रसिद्ध छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमको कलासँस्कृति र देउडा सुदूरपश्चिममा मात्र नभएर नेपालभर प्रसिद्ध रहेको बताएका छन् । सोमबार काठमाडौँको प्रज्ञा भवनमा आयोजित स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक साँझ २०८० को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘सुदूरपश्चिमको संस्कृति र देउडा आज सुदूरपश्चिममा मात्रै होइन नेपालभर प्रसिद्ध छ’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘जहाँजहाँ पुगेको छ त्यहाँ लोकप्रिय छ तर चिन्न जान्नुपर्छ ।’ उनले स्रष्टाहरुले संस्कृतिलाई उजागर गरेकोमा बधाई दिँदै सुदूरबाट नयाँ कलाकारहरु जाग्दै गरेको बताए ।

पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुुर चन्द, पूर्व मन्त्रीहरु भीम रावल, लेखराज भट्ट, परराष्ट्रमन्त्री एनपी साउदलगायत सहभागी कार्यक्रममा विभिन्न स्रष्टाहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com