२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

सधैं जनता झुक्याउने भयबाट आफ्नो क्षेत्र जोगाउँछु : कुन्ती पोख्रेल

सधैं जनता झुक्याउने भयबाट आफ्नो क्षेत्र जोगाउँछु : कुन्ती पोख्रेल

काठमाडौंँ । राप्रपाकी केन्द्र सदस्य तथा काठमाडौं २ की उम्मेदवार कुन्ती पोख्रेलले जसरी दिदी बहिनीले दाजु–भाइलाई तिहारमा टिकालगाउँदा यमभयबाट जोगाउने कामना गर्दछन् त्यसैगरी बाहिरबाट आएर जनता झुक्याउने भयबाट क्षेत्र आफूले जोगाउने बताइन् ।

उनले आयोजित भाइटिकाको शुभकामना आदानप्रदान तथा देउसीभैलो कार्यक्रममा यस्तो बताएकी हुन् । उनले जसरी दिदी–बहिनीले धर्मराजका वरप्रसादले दाजुभाइलाई सुदीर्घ आयु, धनसम्पत्ति, यशकीर्ति आदि सुखदायक कुरा सही समयमा सही निर्णय क्षमताको विकास होस् भनी कामना गरिएको हुन्छ, त्यसैगरी आगामी निर्वाचनमा यहाँका जनतालाई उचित समयमा सही नेतृत्व छनोट गर्न सुझाइन् ।

कार्यक्रममा स्थानीयलाई उद्रित गर्दै ‘यदि यो निर्वाचनमा पनि तपाईंहरु ‘टुरिष्ट’ उम्मेदवारको प्रलोभनमा परेर झुक्किनुभयो भने पाँच वर्ष फेरि पछुताउनुपर्ने छ,’ पाख्रेलले भनिन् । उनले यस क्षेत्रबाट पटक–पटक चुनाव जितेर पदमा पुग्दा पनि जनताको काम गर्ने अनि चुनावका बेला मीठामीठा सपना बाँड्नेप्रति जनता बेलैमा सचेत हुन आग्रह गरिन् । उनले बाहिरबाट आएर सधैं यस क्षेत्रका जनता झुक्याउने गरेकाकोप्रति आक्रोश पोख्दै अब झुक्किन नदिने जिम्मा आफूले लिएको ठोकुवा गरिन् । ‘त्यसको लागि मलाई यस क्षेत्रका नागरिकहरुको साथ, सहयोग र सद्भाव चाहिन्छ,’ पोख्रेलले बताइन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com