२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

ललितपुरमा स्थानीय निर्वाचनको कमाण्ड महिलाको काँधमा

ललितपुरमा स्थानीय निर्वाचनको कमाण्ड महिलाको काँधमा

ललितपुर । ललितपुरमा आसन्‍न स्थानीय तहको निर्वाचनको कमाण्ड महिलाले सम्हालेका छन् । ६ स्थानीय तह रहेको ललितपुर जिल्लामा ४ मा निर्वाचन गराउने जिम्मा महिलाले लिएका छन् । बाँकी दुई पालिकामा मात्र पुरुष मुख्य निर्वाचन अधिकृत छन् ।

त्यति मात्र होइन ललितपुरको जिल्ला निर्वाचन कार्यालय पनि गोमा धमलाले सम्हालेकी छन् ।

महालक्ष्मी नगरपालिकामा सर्वोच्च अदालतकी एजलास अधिकृत शारदा फुयाल, गोदावरीमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयकी श्रद्धा अर्याल, कोन्ज्योसोम गाउँपालिकामा सर्वोच्च अदालतकै इजलास अधिकृत देविकुमारी चौधरी र माहांकाल गाउँपालिकामा ललितपुर सरकारी वकील कार्यालयकी उपन्यायाधिवक्ता सुशीला ज्ञवाली मुख्य निर्वाचन अधिकृत छन् ।

जिल्ला न्यायाधीश किरणप्रसाद शिवाकोटीले ललितपुर महानगरमा र पाटन उच्च अदालतका उपरजिष्ट्रार नागेन्द्रकेशरी बागमती गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको भूमिका निर्वाह गरेका छन् ।

निर्वाचन प्रमुख धमलाका अनुसार जिल्ला निर्वाचन कार्यालय सात जना दरबन्दीमध्ये पाँच महिला छन् । उनी भन्छिन्, यो निर्वाचनमा ललितपुरमा हामी बहुसंख्यक महिलाले नै मिलेर गरिरहेका छौं ।

कोञ्ज्योसोम गाउँपालिका जानुअघि जिल्ला निर्वाचन कार्यालयमा भेटिएकी निर्वाचन अधिकृत चौधरीले आफूले सजिलै जिम्मेवारी पूरा गर्ने विश्वास रहेको बताइन् । उनले भनिन्,‘चौघरे पुगेर आइसकेको छु । सबै स्थानीय जनप्रतिनिधि सहयोगी पाएँ । काम गर्न सझिलो रहेछ ।’

निर्वाचनको काममा धेरैपल्ट खटिएको अनुभव सुनाउँदै चौधरीले पहिलोपल्ट निर्वाचन अधिकृतको जिम्मेवारी पाएको भन्दै खुशी व्यक्त गरिन् ।

गोदावरी नगरमा निर्वाचन गराउन खटिएकी श्रद्धा रिजाल आफूले पाएको जिम्मेवारीलाई अवसरको रुपमा लिएको बताउँछिन् । भन्छिन्, ‘चुनौती त सधैँ हुन्छ । सरकारले हामीलाई विश्वास गरेर पठाएको छ । हामी सक्षम छौं भन्ने सकारात्मक सन्देश समाजमा प्रवाह भएको छ ।’

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com