२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

मतदाता नामावलीमा नाम भएका मतदाताले नागरिकता देखाएर मत हाल्न पाउँछन्

मतदाता नामावलीमा नाम भएका मतदाताले नागरिकता देखाएर मत हाल्न पाउँछन्

काठमाडौँ । मतदाता परिचयपत्र नभएकाले स्थानीय तहको निर्वाचनमा मत खसाल्न पाउने भएका छन् । मतदाता नामावलीमा नाम भएका मतदाताले अरु परियचका आधारमा पनि मतदानमा सहभागी हुन पाउने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले भने, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गा धनी प्रमाणपत्रको पुर्जामध्ये एक थोक हुनुपर्ने छ । तर, मतदाता नामावलीको अन्तिम मतदाता नामावलीमा मतदाताको नाम समावेश भएको हुनै पर्छ ।

मतदाता नामावलीमा नाम भएका मतदातालाई परिचयपत्र नभए पनि परिचय खुल्ने आवश्यक प्रमाणपत्र भएमा मतदान केन्द्रका निर्वाचन अधिकृतले मतदान गर्न सहजीकरण गर्नु पर्नेछ, उनले अगाडि थपे ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com