२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ

जनसेवा न्युज डटकम संवाददाता

नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । उनलाई बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले पक्राउ गरेको हो । आफ्नो घर सुर्खेत जाँदै गर्दा भालुबाङमा पक्राउ गरेको पार्टीका एक नेताले बताए ।

स्थानीय निर्वाचनको ठिकअघि उनलाई चुनाव बहिष्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको बताइएको छ । तर पार्टीले चुनावमा नजाने तर यदि देशभक्त, एमसीसी विरोधी र क्रान्तिकारी स्वतन्त्र उम्मेदवार भए सघाउने नीति लिएको छ। चुनावकै विषयलाई लिएर नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट विभाजन भएर उनले केही दिन अघि मात्र पार्टी पुनर्गठन गरेका थिए । गत वैशाख २१ गते विप्लवलाई महासचिवबाट हटाएर नेकपा बहुमतका संयोजक भएका हुन् ।

उनी घर हुँदै शुक्रबार कोहलपुरमा तय भएको पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुने तय भएको थियो ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com