२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

वैज्ञानिकले पत्ता लगाए मुटु रोगको स्थायी समाधान !

वैज्ञानिकले पत्ता लगाए मुटु रोगको स्थायी समाधान !

एजेन्सी

विश्वभर सबैभन्दा धेरै मृत्यु हृदयघातका कारण हुन्छ भन्ने थाहा पाउँदा अचम्म लाग्ला । यसका लागि जे जति उपचार उपलब्ध छन्, यो कि त असाध्यै महँगो छ वा असाध्यै महँगो छ वा मानिसहरुको पहुँचबाट बाहिर छ । स्थिति वर्षौँदेखि यही छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सन् २०२० मा मुटुरोगको संख्या तीब्र रुपमा बढिरहेको भन्दै चेतावनी पनि दिएको छ ।

बायोटेक कम्पनी वर्वथेराप्युटिक्स यो समस्याको समाधान छ । कम्पनीका अनुसार खराब कोलेस्ट्रोल बन्नबाट रोक्नका लागि, मानव जिनोमलाई परिवर्तन गर्नु राम्रो तरिका हुनसक्छ । कम्पनीका मुख्य कार्यकारी अधिकारी शेखर काथिरेसनले यो मुटुरोगको स्थायी समाधान हुनसक्ने बताएका छन् ।

ब्लूमबर्गमा प्रकाशित एक रिपोर्ट अनुसार वर्व थेराप्युटिक्सले गुगल भेन्चर्सबाट समर्थन पाएको छ । शेखर काथिरेसनले भनेका छन्, ‘हामी सम्भावित रुपमा यो मोडललाई ‘वन एन्ड डन’ गर्नेवाला छौँ ।’

विश्वभरीका ३/१ करोडभन्दा बढीलाई प्रभावित गर्ने यो रोगका लागि जिन एडिटिङ प्रविधि प्रयोग गरिनेछ । यो प्रविधि सुरुमा ती व्यक्तिहरुमा प्रयोग गरिने छ जसलाई यो रोग वंशाणुगत छ र जसलाई पहिले हृदयघात भएको थियो ।

यसका लागि यो कम्पनीले सीआरआईएसपीआर जीन एडिटिङ टुलको प्रयोग गर्छ, जुन शक्तिशाली त छ तर जटिल पनि छन् । सीआरआईएसपीआर जिनोम एडिटिङका लागि उत्कृष्ट उपकरण हो । यसमार्फत् डीएनए सिक्वेन्सलाई निकै सजिलै परिवर्तन गर्न सकिन्छ र जीनको क्रियाकलापलाई मोडिफाई गर्न सकिन्छ । यदि वर्वको यो परीक्षण सफल रह्यो भने उसले अन्य व्यक्तिमाथि यसको परीक्षण गर्नेछ ।

यो नयाँ तरिकाले यदि मुटुरोगसँग जुधिरहेका मानिसहरुको ज्यान बचाउँछ भने यो मेडिकल जगत्मा नयाँ क्रान्तिभन्दा कम हुने छैन । यो उपचार हाल उपलब्ध उपचारको तुलनामा सस्तो हुने जसमार्फत् धेरैभन्दा धेरै मानिसलाई फाइदा पुग्नेछ ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com