२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

रुकुम पश्चिमको त्रिवेणी१ मा माओवादीका बागी उम्मेदवारको प्यानल विजयी

रुकुम पश्चिमको त्रिवेणी१ मा माओवादीका बागी उम्मेदवारको प्यानल विजयी

जनसेवा न्युज डटकम संवाददाता

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका बागी उम्मेदवारको प्यानलै विजयी भएको छ । माओवादीका बागी उम्मेदवार सुन्दर ओलीले ५७७ मत ल्याएर माओवादीका आधिकारिक उम्मेदवार लक्ष्मण ओलीलाई १६० मत अन्तरले पराजित गरेका हुन् ।

ओलीकै स्वतन्त्र प्यानलमा माओवादीका बागी महिला सदस्यमा उठेकी कमला बोहराले ५३१ मत, दलित महिला सदस्य लालसरा कामीले ५३६ मत, खुला सदस्य खड्बहादुर पुन ५०७ मत र अर्का खुला सदस्य पूर्णबहादुर बुढाले ४९२ मत ल्याएर विजयी भएका हुन्। टिकट वितरणमा अन्याय भएको भन्दै ओलीले वडा अध्यक्षमा बागी उम्मेदवारी दिएका थिए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com