२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

जडीबुटी भवनको आगो नियन्त्रणमा

काठमाडौं । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा सञ्चो उत्पादन गर्ने भवनमा सल्किएको आगो नियन्त्रणमा आएको छ । कम्पनीकी महाप्रबन्धक संगीता यादवका अनुसार, कार्यालयको मुख्य भवनमा सुरु भएको आगजनी सञ्चो उत्पादन गर्ने भवनमा समेत सल्किन पुगेको थियो ।

‘अहिले आगो नियन्त्रणमा आएको जानकारी सुरक्षागार्डबाट पाएको छु,’ यादवले अनलाइनखबरसँग भनिन्, ‘ठूलो विस्फोट हुनबाट जोगियो ।’

उनका अनुसार कम्पनीको मुख्य कार्यालय भवन र सञ्चो उत्पादन गर्ने भवन पूर्णरुपमा जलेको छ ।

‘क्षतिको विवरण आइसकेको छैन । सञ्चो उत्पादन गर्न राखिएको तेलको स्टोर बचाउन सफल भयौं,’ यादवले भनिन् ।

उनका अनुसार भवनमा ‘सञ्चो’ उत्पादन गर्न २५ टन तेल राखिएको थियो ।

दुर्गा प्रसाईं नेतृत्वको भएको आन्दोलनकारीले पार्किङमा रहेका सुरुमा आधा दर्जन गाडी अगजानी गरेका थिए ।

यादवका अनुसार अफिसका कर्मचारीभित्र बसेर काम गरिहेका बाहिरबाट अचानक ढुंगामुढा सुरु भएको थियो । भवनको सिसा फुटाउन थालेपछि कर्मचारी ज्यान जोगाउन पछाडीको बाटो भएर भागेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com