२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

मधेश प्रदेशले जारी गरेको राजपत्रमा चुच्चे नक्सा गायब

काठमाडौं । ‘मधेस प्रदेश’ले जारी गरेको राजपत्रमा ‘चुच्चे नक्सा’ गायब भएको छ । प्रदेश नामाकरण गरि ‘मधेश प्रदेश’ बनेको बिषयमा जारी राजपत्रमा नै ‘बुच्चे नक्सा’ समेटिएको हो ।

यसअघि व्यवस्थापिका सांसदबाटै लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेटिएको चुच्चे नक्सा सरकारी नक्साका रुपमा पास गरेको थियो । उक्त नक्सा संसदबाट पास भएको करिब २ वर्ष नै वित्न लाग्यो । तर मधेस प्रदेशले प्रदेश नामाकरण भयो भन्दै सार्वजनिक गरेको प्रकाशित राजपत्रमा भने पुरानै नेपालको नक्सा राखिएको छ ।

यसअघि व्यवस्थापिका सांसदको लोगोमा पनि नेपालको पुरानै बुच्चे नक्सा राखिएको थियो । तर व्यापक आलोचनापपछि आधिकारिक चुच्चे नक्सा नै राखिएको थियो ।

मधेश प्रदेसले ‘बुच्चे नक्सा’ राखेपछि यतिवेला आम रुपमा चासोको विषय बनेको छ भने मधेश प्रदेशमाथि विभिन्न टिका(टिप्पपणीसमेत भइरहेको छ ।

केहीदिन अघि प्रदेश र राजधानी नामाकरण गरिएको थियो । प्रदेशको नाम मधेश र राजधानी जनकपुरका लागि प्रदेश दुईतिहाई सांसदहरुको मत परेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com