२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

ओलीसँग संवाद गर्न एक लाख १३ हजारले टिपाए नाम

ओलीसँग संवाद गर्न एक लाख १३ हजारले टिपाए नाम

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले शुक्रबार सामाजिक सञ्जालमा संवाद गर्दैछन् । जसका लागि बिहीबार १२ बजेसम्म नाम टिपाउन समय दिइएको छ ।

ओलीसँग संवाद गर्न बुधबार दिउँसो साढे ३ बजेसम्म एक लाख १३ हजार चार सय ७७ जनाले नाम र नम्बर टिपाएका छन् । उनले यो उत्साहपूर्ण सहभागिताले आफूलाई खुसी लागेको बताएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा ओलीले झन्डै सवा लाख मानिसले आफूसँग संवाद गर्न चाहेको र धेरै नाम आएकाले बिहीबार १२ बजेसम्म नाम टिपाउन सकिने जानकारी दिएका छन् । संवादमा ओलीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनबारे पार्टीका धारणा र एजेन्डा प्रस्तुत गर्ने भएका छन् ।

उनले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग लाइभ डिवेटमा सहभागी हुन आह्वान गरेका छन् । तर देउवाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com