२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

सुर्खेतको बराहताल गाउँपालिका -१ मा माओवादीको प्यानल विजयी

जनसेवा न्युज डटकम संवाददाता

स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा बराहताल गाउँपालिका–१ मा नेकपा माओवादीका प्यानलै विजय भएको छ । सात सय ४० मत खसेकोमा माओवादीका वमबहादुर बुडुवाल ‘तारा’ ले दुई सय ७५ मत ल्याएर विजयी भएका हुन् । यस्तै नेपाली काँग्रेसका उम्मेदवारले दुई सय २८, नेकपा एमालेले एक सय ७५ मत प्राप्त गरे । अहिलेसम्मको मत परिणाम हेर्दा पालिका अध्यक्षमा पनि माओवादी अगाडि देखिएको छ ।

माओवादीबाट अध्यक्षको उम्मेदवार बेनका ईश्वरभक्त सुनारले दुई सय ७७ मत पाउँदा उपाध्यक्ष भुमिसरा टोमटाले दुई सय ८३ मत प्राप्त गरेकी छन् । यस्तै काँग्रेसका भीम भण्डारीले दुई सय २८ र उपाध्यक्षमा लक्ष्मी पुनले दुई सय २२ मत प्राप्त गरी माओवादीलाई पछ्याई रहेकी छिन् ।

एमालेका अध्यक्ष उम्मेदवार घनश्याम पाण्डेले एकसय ७५ मत पाउँदा उपाध्यक्ष दुर्गा कुमारी विष्टले एकसय ९२ मत प्राप्त गरेकी छिन् । वडा नम्बर १ मा मतगणना सकिएको छ । यसपछि वडा नम्बर २ को मतगणना हुनेछ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com