२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

वीर अस्पताल मिर्गौला प्रत्यारोपण प्रकरण : बिरामीको सबै उपचार निस्शुल्क गर्ने सहमति

वीर अस्पताल मिर्गौला प्रत्यारोपण प्रकरण : बिरामीको सबै उपचार निस्शुल्क गर्ने सहमति

जनसेवा न्युज डटकम संवाददाता

वीर अस्पतालको मिर्गौला प्रत्यारोपण घटनामा अस्पताल र बिरामी पक्षबीच तीन बुँदे सहमति भएको छ । बिहीबार अस्पतालमा भएको छलफलमा बिरामीको हालसम्मको उपचार खर्च मिनाहा गर्ने र आगामी दिनको उपचार पनि निशुल्क गर्ने अस्पताल र बिरामी पक्षबीच सहमति भएको हो ।​

यस्तै पीडित पक्षले विस्तृत छानबिनको लागि स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलमा निवेदन दिने र छानबिन समितिको प्रतिवेदनको पूर्ण कार्यान्वयन गर्ने सहमति भएको अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकृत डा। भुपेन्द्र बस्नेतले जानकारी दिए ।

मंगलबार धादिङकी ३२ वर्षीय महिलामा प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला दुई डाक्टरले सम्बन्धित पक्षलाई जानकारी नै नगराइ अलपत्र छाडेर हिँडेका थिए । अस्पतालका प्रत्यारोपण सर्जन डा.पारसमणि नेपाल र डा.अनिल श्रेष्ठले मिर्गौला प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला त्यतिकै छाडेर हिँडेको अस्पतालको भनाइ छ । उनीहरुले ५८ वर्षीया महिलाको निकालिएको मिर्गौला काम नलाग्ने भएको भन्दै बिरामी र बिरामीका आफन्तलाई जानकारी नदिइ अस्पतालबाट हिँडेका थिए ।​

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com