नेपाली सेनाले भन्यो : पूर्वप्रधानसेनापति क्षेत्रीले लेखेको पत्र आधिकारिक हो

नेपाली सेनाले भन्यो : पूर्वप्रधानसेनापति क्षेत्रीले लेखेको पत्र आधिकारिक हो
जनसेवा न्युज डटकम संवाददाता
अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि नेपाली सेनाले धारणा सार्वजनिक गरेको छ । सेनाका प्रवक्ता नारायण सिलवालले सन २०१५ मा तत्कालीन प्रधानसेनापति राजेन्द्र श्रत्रीले अमेरिकालाई पत्र पठाएकमे पत्र आधिकारिक भएको रातोपाटीलाई बताए ।
क्षत्रीले पठाएको पत्रको आधिकारिकतामाथि प्रश्न उठाइएका बेला प्रवक्ता सिल्वालले पत्र सही भएको बताएका हुन् । पूर्व प्रधानसेनापति क्षेत्रीले लेखेको पत्रमा कुनै शंका मान्नुपर्ने कुरा नभएको उनको भनाइ छ । त्यो पत्र आधिकारिक भएको भन्दै यसको अध्ययनका विषयमा आकस्मिक बैठक बसेको भन्ने कुरा अनावश्यक हल्ला भएको सिल्वालले बताए ।
उक्त पत्रमा अमेरिकी सेनासँग सहकार्य गर्ने, विपद् व्यवस्थापमा सहयोग लिनेलगायतका कुराहरु भएको र जुन नेपाली सेनाले गर्दै आएको कुरा भएको उनले बताए । साथै उनले बुधबार सार्वजनिक गरेको विज्ञप्तिका विषयमा अक्षरस ठिक भएको पनि बताए ।