२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष- सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनैपर्छ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गरिनुपर्ने निष्कर्ष निकालेको छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले सहकारी प्रकरणमा निष्पक्ष छानबिन गर्न संसदीय समिति गठन गरिनुपर्ने अडानमा रहने निष्कर्ष निकालेको हो।

‘सहकारी प्रकरणलाई निष्पक्ष रूपमा छानबिन गर्न संसदीय छानबिन समिति गठन हाम्रो पहिलेदेखिकै बटमलाइन हो, यसैलाई कायम राख्ने निष्कर्ष छ,’ बैठकपछि प्रवक्ता प्रकाशशरण महतले सेतोपाटीसँग भने, ‘यस प्रकरणमा संसदीय छानबिन समिति बनाउनैपर्छ।’

संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले यसबारे थप छलफलका लागि संसदीय दलको बैठक पनि आह्वान गरेका छन्। प्रवक्ता महतका अनुसार मंगलबार बिहान नयाँ बानेश्वरस्थित ल्होत्से हलमा संसदीय दलको बैठक बस्नेछ।

सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग संसदमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा सोमबार छलफल गर्ने तयारी गरेका छन्।

उक्त छलफलमा प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेलाई बोलाइएको छ।

कांग्रेसका तर्फबाट छलफलमा सभापति देउवा र प्रमुख सचेतक रमेश लेखक सहभागी हुनेछन्। कांग्रेसले यसअघि बसेको प्रतिनिधि सभा बैठकमा आउँदो बैठकमा सरकारले संसदीय छानबिन समिति ल्याउनुपर्ने भन्दै अल्टिमेटम दिएको थियो।

उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री लामिछाने सहकारी प्रकरणमा जोडिएकोले निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको आवश्यकता रहेको कांग्रेसले बताउँदै आएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com