२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

युएईका शेखको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शोक व्यक्त

युएईका शेखको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शोक व्यक्त

जनसेवा न्युज डटकम संवाददाता

 

राष्ट्रपति विद्यादेवी भण्डारीले युएईका शेख खलिफा बिन जायेद अल नहयानको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेकी छिन् ।

भण्डारीले आफ्नो शोक वक्तव्यमा शेख खलिफालाई दूरदर्शी नेता बताएकी छिन् । उनले भनेकी छिन्, ‘दिवंगत शेख खलिफा बिन जायेद अल नहयान एक दूरदर्शी नेता र राजनेता थिए । उनको अतुलनीय योगदानले युएईलाई समृद्ध र आधुनिक बन्न सघाउ पुर्याएको छ ।’

सन् १९४८ मा जन्मेका शेख खलिफा सन् २००४ मा पिता शेख जायद अल नाह्यानको उत्तराधिकारी बनेका थिए । युएईको शासनका लागि सातै एमिरेटका राजा (अमिर) सम्मिलित एक संघीय सर्वोच्चले परिषद छ र त्यसको अध्यक्ष (राष्ट्रपति) एमिरेटमा सातमध्ये सबैभन्दा ठूलो अबु धावीका अमिर स्वत युएईको राष्ट्रपति हुने व्यवस्था छ। त्यस्तै दोस्रो ठूलो एमिरेट दुबईका अमिर प्रधानमन्त्री हुन्छन् ।

सन् २००४ मा उनका पिता तथा युएईका संस्थापक जायद विन सुल्तान अल नाह्यानको मृत्युपछि खलिफा विन जायाद अल नाह्यान राष्ट्रपति बनेका थिए। तथापि सन् २०१४ मा गम्भिर प्रकारको हृदयघातबाट थलिएर हिँडडुल गर्न नसकेपछि उनका सौतेनी भाइ मोहम्द बिन जायेद बिन सुल्तान अल नाह्यानले उनको सबै काम गर्दै आएका थिए। उनको भूमिका सेरेमोलियलमा सिमित भएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com