२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

धादिङ गल्छी गाउँपालिका १ को अध्यक्षमा एमालेका यदुकुमार खतिवडा विजयी

धादिङ गल्छी गाउँपालिका १ को अध्यक्षमा एमालेका यदुकुमार खतिवडा विजयी

 

धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ को अध्यक्ष पदमा गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका माधव प्रसाद खतिवडालाई पराजित गर्दै नेकपा एमालेका यदुकुमार खतिवडा विजयी भएका छन् ।

एमालेका यदुकुमार खतिवडाले निकटतम प्रतिद्वन्दी गठबन्धनका उम्मेदवार पराजित माधव प्रसाद खतिवडालाई १३९ मतको अन्तरले पराजित गरेका हुन् । जितका लागि यदुले ११३५ मत ल्याए भने माधव ९९६ मतमा रोकिएका थिए ।

यस वडाबाट पालिका अध्यक्ष तर्फ एमालेका केदार नाथ खतिवडाले १३१२ मत पाएका छन् । गठबन्धनबाट अध्यक्षका उम्मेदवार एकीकृत समाजवादीका कृष्ण हरी श्रेष्ठले ७९२ मत र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार कांग्रेसका भाईकाजी श्रेष्ठले ११०६ मत पाएका छन् । भने एमालेबाट उपाध्यक्ष उम्मेदवार राधा लामिछानेले ९९८ मत प्राप्त गरेकी छिन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com