२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र पर्ने ब्यास गाउँपालिकामा एमाले उम्मेदवार विजयी

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र पर्ने ब्यास गाउँपालिकामा एमाले उम्मेदवार विजयी

जनसेवा न्युज डटकम संवादताता

दार्चुला । भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र पर्ने दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार अशोक सिंह बोहराको प्यानल नै विजयी भएको छ ।

बोहरा १९५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वडाध्यक्षका उम्मेदवार शंकर एतवालले १५६ मत पाए ।
६०६ जना मतदाता रहेको यस वडामा३५५ मत खसेको थियो ।

त्यस क्षेत्र जान नेपालतर्फ बाटो नहुँदा सेनाको हेलिकोप्टरबाट मतपेटिका ढुवानी गरी शनिबार दिउँसोबाट मतगणना सुरु गरिएको ब्यास गाउँपालिका निर्वाचन अधिकृत कोसलेस्वर ज्ञवालीले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com