२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

मुलुक चुनावमा गइसक्यो, विशेष महाधिवेशन हुँदैन – सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक चुनावमा गइसकेकाले त्यसअघि विशेष महाधिवेशन हुन नसक्ने प्रष्ट पारेका छन् । केही पत्रकारसँगको अनौपचारिक भेटमा देउवाले चुनावपछि नै महाधिवेशन उपयुक्त हो भनेर आफूले सुझाव दिएको बताएका हुन् ।पार्टीले निर्वाचन जित्न ध्यान केन्द्रित गर्नुपर्ने भएकाले महाधिवेशनमा जाँदा आपसमा मतभेद र विभाजनसम्म हुने देउवाले बताएका छन् ।

उनले भने’, ‘मुलुक चुनावमा गयो । यस्तो बेला महाधिवेशन गर्दा आपसमा विभाजन हुन्छ । महाधिवेशन हराउनेले चुनाव हराउन लाग्छन्, हराउँछन् ।’चुनाव अगाडि विशेष महाधिवेशन नहुने प्रष्ट पार्दै देउवाले थपे, ‘विशेष महाधिवेशन चुनाव अगाडि हुँदैन । नगरी हुन्न भन्ने हो भने मैले के भन्नू र कार्यवाहक दिएकै छु । जे-जे गरे पनि केही भएन । महाधिवेशन उपयुक्त हो भन्ने मेरो सुझाव मानेनन् भने के गर्नु त ?

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com