२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

पाल्पाका १८ वडाको नतिजा आयो

पाल्पाका १८ वडाको नतिजा आयो, एमाले ११ र कांग्रेस ६ वडाध्यक्ष जित्यो

रुपन्देही । पाल्पामा मतगण्ना सम्पन्न १८ वडामध्ये नेकपा एमालेले ११ वडामा विजय हासिल गरेको छ भने नेपाली काग्रेसले ६ वडा, नेकपा माओवादी केन्द्रले १ वडामा विजय हासिल गरेको छ । १ वडाको परिणाम स्थगित भएको छ।

नेकपा एमालेबाट निस्दी गाउँपालिको वडा नंं १ वाकामलाङमा यमबहादुर राना विजयी भए। उनले नेपाली काग्रेसका पुर्ण बहादुर खाँणलाई २८ मतले पराजित गरे।

वडा नंं २ सहलकोटमा एमालेकै फत्ते सिं दर्लामी विजयी भए। उनले नेपाली काग्रेसका यम बहादुर मश्राङ्गीलाई ३१७ मत अन्तरले पराजित गरे। रामपुर नगरपालिका वडा नंं १० मा नेकपा एमालेका तोयनाथ सारु विजयी भए। सारुले नेपाली काग्रेसका थमन बहादुर सारु लाई पराजित गरे।

पुर्वखोला गाउँपालिका वडा नंं १ मा नेकपा एमाले बाट गिरमान आले विजयी भए। आलेले नेपाली काग्रेसका चुन बहादुर थापा लाई १००२ मतले पराजित गरे। वडा नंं २ जल्पामा नेकपा एमलेकै निर बहादुर सारु विजयी भए। सारुले नेपाली काग्रेसका गोपाल राना लाई ३२३ मतले पराजित गरे।

वडा नं। ३ रिङनेरहमा नेकपा एमालेका कृष्ण प्रसाद भट्टराई विजयी भए। भट्टराईले नेपाली काग्रेसका उमान सिं सुनारी लाई ८१७ मतले पराजित गरे।

माथागढी गाउँपालिका वडा नं १ चिदीपानीमा नेकपा एमालेका राजकुमार पंन्थी विजयी भए। पन्थीले नेपाली काग्रेसका महेन्द्र बहादुर जि।सी। लाई २२१ मतले पराजित गरे।

रिव्दीकोट गाउँपालिका वडा नंं १ ख्याहामा नेकपा एमालेका चिरञ्जिवी पोखरेल विजयी भए। पोखरेलले नेपाली काग्रेसका रामचन्द्र पाण्डेलाई ६ मतले पराजित गरे।

तिनाउँ गाउँपालिका वडा नंं १ कचलमा नेकपा एमालेका भुवन सिं चिदी विजयी भए। चिदीले नेपाली काग्रेसका हस्त बहादुर रास्कोटीलाई १६२ मतले पराजित गरे।

वडा नंं २ दोभानमा नेकपा एमालेका यादव प्रसाद अर्याल विजयी भए। अर्यालले नेकपा माओवादी केन्द्रका दिनेश घर्ति क्षेत्री लाई ९४ मतले पराजित गरे।

रैनादेवी छहरा गाउँपालिका वडा नंं ८ सत्यवतीमा नेकपा एमालेका रेम बहादुर राना विजयी भए। रानाले नेपाली काग्रेसका थमान बहादुर रानालाई पराजित गरे।

यसैगरी नेपाली काग्रेसले ६ वडामा विजय हासिल गरेको छ। तानसेन नगरपालिकाको वडा नंं १ मिशन गोर्खेकोटमा सुनिल कुमार बस्याल विजयी भएका छन।

बस्यालले नेकपा एमालेका खडानन्द न्यौपाने लाई ३२४ मतले पराजित गरे। वडा नं २ मेहलधारा, बडीज्ञानटोलमा नेपाली काग्रेसका महेश्वरलाल श्रेष्ठ विजयी भए। श्रेष्ठले नेकपा एमालेका मदनलाल बज्राचार्य लाई ४१२ मतले पराजित गरे।

रामपुर नगरपालिका वडा नंं १ गाँडाकोटमा कपिल बहादुर खाँण विजयी भए। कपिलले नेकपा एमालेका मिन बहादुर खाँण लाई १९६ मतले पराजित गरे।

माथागढी गाउँपालिका वडा नंं ८ बहादुरपुरमा नेपाली काग्रेसका दिल बहादुर ढेंगा विजयी भए। ढेगांले नेकपा एमालेका नारायण सिं ठाडा लाई १०४ मतले पराजित गरे। वडा नंं ७ रहवासमा नेपाली काग्रेसका जंग बहादुर दर्लामी विजयी भए। दर्लामीले नेकपा एमालेका नेत्र बहादुर थापा लाई १०५ मतले पराजित गरे।

बगनासकाली गाउँपालिका वडा नंं ९ चापपानीमा नेपाली काग्रेसका थानेश्वर तिमिल्सिना विजयी भए। तिमिल्सीनाले नेकपा एमालेका रण प्रताप खाण लाई ३९६ मतले पराजित गरे।

नेकपा माओवादी केन्द्रले १ वडामा विजय हासिल गरेको छ। रैनादेवी छहरा गाउँपालिका वडा नंं १ सिद्धेश्वरमा नेकपा माओवादी केन्द्रका सोम बहादुर दर्लामी विजयी भए। दर्लामीले नेकपा एमालेका रोशन बुढा लाई ३५ मतले पराजित गरे।

यसैगरी रम्भा गाउँपालिका वडा नंं ५ ताहुँमा नेकपा एमाले विजय भएको घोषणा गरिएपनि खसेको मत भन्दा परिणामको मत बढी भएपछि मतगणना स्थगित भएको छ।

पाल्पाको अहिले सम्मको परिणाममा जनताले पाटी, उम्मेदवार परिवर्तन गरेका छन। नेकपा एमालेले २०७४ सालको स्थानीयतह निर्वाचनमा गुमाएका ४ वडामा जित हासिल गरेको छ भने नेपाली काग्रेसले २०७४ सालको स्थानीयतह निर्वाचनमा गुमाएका २ वडामा जित हासिल गरेको छ।

नेकपा माओवादी केन्द्रले २०७४ सालको स्थानीयतह निर्वाचनमा जितेको १ वडा गुमाएको छ। अन्य १२ वटा वडामा २०७४ सालकै परिणाम कायम रहेको छ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com