२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

भरतपुर १ को वडाध्यक्षमा कांग्रेसका केशव विजयी, मेयरमा रेणुकै अग्रता

भरतपुर १ को वडाध्यक्षमा कांग्रेसका केशव विजयी, मेयरमा रेणुकै अग्रता

चितवन । भरतपुर महानगरपालिकामा वडा नम्बर १ को मतगणना सकिएको छ। वडाध्यक्षमा कांग्रेसका केशव महर्जन विजयी भएका छन् । उनले एमालेका शुक्रकुमार श्रेष्ठलाई ८४ मतले हराएका हुन् ।

३ हजार २७७ मत गणना हुँदा सत्ता गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेणु दाहालले १ हजार २०८ मत प्राप्त गरिन् भने एमाले र राप्रपाका साझा उम्मेदवार विजय सुवेदीले १ हजार ०८७ मत प्राप्त गरे ।

बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलको ४३० मत आएको छ । उपमेयरमा गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले १ हजार ३६५ मत र राप्रपाकी हिमला गुरूङले ८७७ मत पाएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com