२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

रविमाथि प्रश्न उठाएर कांग्रेस नयाँ गठबन्धन तोड्न चाहन्छ: प्रचण्ड

मोरङ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले वर्तमान गठबन्धन तोड्न सकिन्छ कि भनेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएको आरोप लगाएका छन् ।

आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले रविमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग नै राजनीतिक पूर्वाग्रहपूर्ण रहेको अर्थ्याए ।

उनले भने रविमाथि प्रश्न कांग्रेस सरकारमै हुँदादेखि नै उठेको थियो । त्यति बेला कांग्रेसलाई  कुनै समिति गठन गर्नु परेन । हालै राज्यका निकायहरूले छानबिन गरेर निर्दोष छ भनेपछि फेरि संसदीय छानबिन समिति गठन गर्नुपर्छ भन्नु राजनीतिक पूर्वाग्रह हो ।

छानबिन गर्ने संस्थाले नै सहकारी ठगीमा रविको संलग्नता छैन भनेकोले फेरि समिति बनाएर के छानबिन गर्ने ? भन्दै उनले प्रश्न पनि गरे ।

रवि लामिछानेको केस अलग र सहकारी समस्या समाधानको विषय अलग गरेर अघि बढ्यो भने समाधान निस्कन सक्नेतर्फ उनले सङ्केत गरे । साथै सदनको अवरोध खोल्ने काममा सरकारसँगै सभामुख पनि सचेत रहेकोले राजनीतिक समझदारीबाटै यसको समाधान खोजिने प्रचण्डले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com