७७७७ मतपत्र गणनाको अपडेटः रेनु पछिपछि, विजय अघिअघि

७७७७ मतपत्र गणनाको अपडेटः रेनु पछिपछि, विजय अघिअघि
जनसेवा न्युज डटकम संवाददाता
भरतपुर महानगरपालिकामा ७७७७ मतपत्र गणना सकिएको छ । आइतबार राति सवा १० बजेको अपडेटअनुसार गठबन्धनबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहाल २७९६ मत ल्याएर अर्का उम्मेदवार एमालेका विजय सुवेदी भन्दा पछाडि परेकी छन् ।
सुवेदीले २८०६ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९०३ मत पाएका छन् । यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसका चित्रसेन अधिकारी ३०७६ कत पाउँदा राप्रपाकी हिमला गुरुङले २२३८ मत पाएकी छन् ।