२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं– आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत दिगो विकास तथा शुसासन समितिको बैठक दिउँसो १ बजे र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान ११ बजे बस्दैछ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय सुरक्षाको अवधारणा, सिद्धान्त, अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासको तुलनात्मक अध्ययन, प्रमुख सवाल, समस्या तथा सुधारका उपाय, परराष्ट्र सम्बन्धको अवधारणा, सिद्धान्त, अवस्था, प्रमुख सवाल, समस्या तथा सुधारको उपाय सम्बन्धमा छलफल हुनेछ ।

दिगो विकास तथा सुशासन समितिमा समितिको आ.व. २०८०/०८१ को कार्ययोजनाको सम्बन्धमा, नीति अनुसन्धान प्रतिष्ठानबाट गरिएको दिगो विकास तथा शुसासन समितिको निर्देशन कार्यान्वयन अवस्थाको अध्ययन प्रतिवेदन सम्बन्धमा र संकल्प प्रस्ताव कार्यान्वयन अनुगमन उपसमितिबाट पेस भएको कार्यान्वयन कार्ययोजनाको सम्बन्धमा छलफल हुनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com