२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

तीन पार्टी मिल्दा पनि थवाङमा माओवादी विजयी

तीन पार्टी मिल्दा पनि थवाङमा माओवादी विजयी

जनसेवा न्युज डटकम संवाददाता

रोल्पाको थवाङ गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले र नेत्रविक्रम चन्द’ नेकपा समुहलाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष दुबै विजयी भएका छन् । काँग्रेस, एमाले, विप्लव समुहका दलजीत रोकामगर र उपाध्यक्षमा रायनबहादुर पुन मगरलाई उठाएका थिए ।

माओवादी बुढाले २१२२ मत पाउँदा विप्लव समुहका रोकामगरले १५०६ मत ल्याएका थिए । माओवादीका बुढाले विप्लव समुहका रोकामगरलाई ६१६ मत अन्तरले पराजित गरेका थिए । यस्तै उपाध्यक्षमा माओवादीकी शर्मिला बुढामगर २ हजार १२२ मत ल्याई विजयी भएकी छन् । उनको निकटतम प्रतिस्पर्धी काँग्रेस–एमाले स्वतन्त्र गठबन्धनका उम्मेदवार रायबहादुर पुनले १ हजार ४८७ मत पाएका थिए ।

यस्तै थवाङको ५ वडामध्ये चार वडा माओवादीका प्यानलै निर्वाचित भएका छन्। वडा नम्बर ४ अध्यक्ष सहित प्यालनै काँग्रेस, एमाले र विप्लव समूहबाट एमालेले जितेको छ। थवाङ वडा नम्बर एकबाट हिराप्रसाद बुढामगर सहितको प्यानल, दुई अध्यक्षमा अभिलासा रोकामगर सहित प्यानल, वडा नम्बर तीनबाट जनक बुढामगरसहित प्यानल, वडा नम्बर पाँचबाट गोबर्दन घर्तीमगर सहितको प्यानल निर्वाचित भएका छन्।

वडा नम्बर चारबाट काँग्रेस, एमाले र विप्लव समूहको समर्थनमा एमालेका हिक्मत घर्ती अध्यक्षसहित प्यानलै विजयी भएको छ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com