२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

थवाङ गाउँपालिका अध्यक्षमा पूर्वलडाकु

थवाङ गाउँपालिका अध्यक्षमा पूर्वलडाकु

माओवादी द्धन्दको आधार इलाका भनेर चिनिएको थवाङमा माओवादीका ऋषि केशव बुढामगर सबिनले ५ बर्षका लागि सत्ता हातमा लिएका छन्। थवाङमा जन्मिएर कमरेड सबिनका नामले चिनिएका ४७ बर्षिय उनी २०५२ साल देखि नै भूमिगत भएका थिए।

ब्रिगेड कमाण्डरका रूपमा चितवनको सक्त्तिखोरबाट स्वेच्छिक अबकास लिएर गाउँ फिरेका सबिनले त्यस पछिका धेरै दिन थवाङ मै बिताए। शान्ति प्रक्रिया यता गाउँमै राजनिति सँगै समाजसेवा गरेका उनले केही समय ओनसरी घर्ती सभामुख हुँदा स्वकीय सचिब बनेर काम गरे। बर्षमान सांसद हुँदा उनको जिल्ला प्रतिनिधि पनि सबिन नै बने।

युद्धको सुरुदेखि अन्त्य सम्म हतियार बोक्नेहरू मध्य सबिन पनि एक पात्र हुन्। टेष्ट पास गरेर भूमिगत भएका उनले १६ बर्ष पछि थवाङबाटै एसएलसी सकाए। उनी एक बहिनी र २ सहित ४ सन्तान मध्यका जेठा छोरा हुन्। दुई छोराका बाबु सबिनमा केहि गर्नुपर्छ भन्ने भाबना रहेको उनलाई बुझ्नेहरू बताउँछन्।

दाङको घोराही, अछाम र डोल्पा दुनैका ठुला भिडन्तमा लडेका उनीसँग सानातिना दर्जनौँ भिडन्तका अनुभव छ। माओवादी सुप्रिमो प्रचण्ड, हालका उपराष्ट्रपती नन्दबहादुर पुन पासाङ, बिप्लव लगायतबाट दिक्षित सबिनलाई भने जस्तो व्यवस्थानभएको प्रति भने गुनासो छ।

निर्वाचन जितेपछि उनले भने ‘गाउँलाई सोचे जस्तो बनाउन नसके पनि राम्रो गराउने कोसिस गर्नेछु।’ सबिनले बिद्रोहीको गाउँ भनेर चिनिएको थवाङमा प्रतिपक्षलाई समेत समेटेर लैजाने योजना बनाएका छन्। ‘जे गर्छु थवाङका लागि इमानदारिताका साथ गर्छु।’

सबिनलाई नजिकबाट चिनेका माओवादी नेता तथा पूर्ब मन्त्री बर्षमान पुनले पुरानो इमानदार कार्यकर्ताका भएको बताउछन्। ‘थवाङमा बिप्लवको प्रभाव कम गर्ने ब्यक्ति सबिन हो। उहाँ थवाङ बुझेको र सबैलाई मिलाउन सक्ने मान्छे हो।’ बर्षमान भन्छन् ‘युद्धकाल भरि भ्याली वरी परि काम गर्नु भो । उहाँ साखु प्रहरी चौकि कब्जा गर्ने कमाण्डर हो।’

‘जनयुद्ध सुरु भए पछि थवाङबाट पैदल हिडेर लड्दै भिड्दै काठमाण्डौ पुगेका मान्छे हुन्। पश्चिमको एउटा प्लाटुन लगेर युद्धको अधिकांश समय काठमाण्डौ वरिपरि रहे।’ थवाङका मौसम रोका भन्छन् ‘सबिन माओवादी नेतृत्वले बिस्वास गरेका पात्र हुन्। २०५२ सालमा हिडेका मान्छे शान्ति प्रकृया पछि मात्र थवाङ आए।’

ईतिहासमा जहिल्यै राज्य सत्ताको बिपक्षमा रहने थवाङमा ५ बर्षे कार्यकाल सकाउन सबिनलाई कति सहज हुन्छ कति असहज त्यो भबिश्यले देखाउने छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com